समृद्धि फाइनान्सको बनेपा शाखा कार्यालय उद्घाटन

लोकपथ
91
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको राष्ट्रियस्तरको इजाजतपत्र प्राप्त गरि छिटो, सरल र सहज तरिकाले विभिन्न बैंकिङ सेवासुविधाहरु प्रदान गर्दै आईरहेको समृद्धि फाइनान्सले आफ्नो सातौ शाखाको रुपमा बनेपा शाखा कार्यालयको समुद्धघाटन् गरेको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि बनेपा नगरपालिकाकी मेयर शान्ती रत्न शाक्यले सोमवार बनेपा शाखा कार्यालयको औपचारीक उद्घाटन गरेकी हुन् । उक्त कार्यक्रममा बनेपा उद्योग वाणिज्य संघका उपाध्यक्ष कैलाश पलान्चोके, बनेपा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष शुभलक्ष्मी मानन्धरसहित लब्धप्रतिष्ठीत व्यक्तित्वको उपस्थिति रहेको थियो ।

साथै, उक्त कार्यक्रमको अध्यक्षता फाइनान्सका अध्यक्ष ठाकुरप्रसाद भट्टराईले गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले स्वागत मन्तव्य राख्दै फाइनान्सको वित्तीय कारोबार सम्बन्धी जानकारी गराएका थिए ।

त्यस्तै, चाँडै नै आठौं शाखाको रुपमा जनकपुर शाखाको पनि उद्घाटन गरिने जानकारी फाइनान्सका प्रमुख व्यवसाय प्रबर्धन अधिकृत सुरज कुमार सर्राफले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?