सुनको मूल्य ३ सय रुपैयाँले घट्यो

लोकपथ
78
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबवार तोलामा ३ सय रुपैयाँले घटेको छ । आइतवार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९ सय रहेकोमा सोमवार ३ सय रुपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, तेजाबी सुनको मूल्य तोलामा ९२ हजार १ सय रुपैयाँ रहेको छ । आइतवार तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ४ सय रुपैयाँ रहेको थियो ।

सुनको मूल्य घटे पनि सोमवार पनि चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य भने लगातार तेस्रो दिनदेखि स्थिर रहँदै आएको छ । महासंघले सोमवार चाँदीको मूल्य तोलामा १हजार १ सय ५० रुपैयाँ रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?