भायानेटले ल्यायो दशैं लक्षित इन्टरनेट सुविधा

लोकपथ
117
Shares

काठमाडौं । दशैंमा ग्राहकलाई थप सुविधा दिने उद्देश्यले भायानेटले एक अफरल्याएको छ । यो अफर अन्तर्गत अब भायानेटको अल्ट्रा–फाई इन्टरनेट जोड्ने ग्राहकहरूले नोकिया बिकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर आफ्नो इन्टरनेट सदस्यतामै प्राप्त गर्न सक्नेछन् ।

यो दशैं भायानेटको अल्ट्रा–फाई २०० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान मात्र ९९९ रुपैयाँ प्रति महिनामा पाउन सकिने कम्पनीले जनाएको छ ।

यो प्याकेजमा आउने डुअल ब्यान्ड ओ.एन.युसँगै अब ग्राहकहरूले नोकियाको बीकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर मध्य एक छानेर राख्न पाउनेछन् । यो अतिरिक्त राउटर लिनका लागि ग्राहकले डिपोजिट शुल्क मात्र जम्मा गरे पुग्छ ।

कम्पनीका अनुसार ग्राहकले मेस राउटर लिनका लागि ४ हजार रुपैयाँ र एमआई ४.ए राउटरको लागि १ हजार ५ सय रुपैयाँ डिपोजिट गर्नु पर्नेछ । कम्पनीले आफ्ना ग्राहकहरूलाई सस्तोमा घरभरि वाइफाइको कभरेज बढाउन मद्दत गर्ने उद्देश्यले यो अफर ल्याएको हो ।

साथै, भायानेटले वार्षिक सदस्यतामा मात्र १५० रुपैयाँ प्रति महिनामा भायाटिभी पनि उपलब्ध गराएको छ । यसरी भायाटिभी लिँदा ग्राहकले पहिलो सेट–टप–बक्स मात्र ५ सय रुपैयाँ डिपोजिट गरी प्राप्त गर्न सक्नेछन् ।

उच्च गतिको इन्टरनेट आवश्यकता भएका प्रयोगकर्ताहरूका लागि अल्ट्रा–फाई लाइन अप विशेष मानिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?