काठमाडौं । छिमेकी मुलुक चीनका राष्ट्रिय जनकांग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु तीन दिने औपचारिक भ्रमणका क्रममा सोमवार नेपाल आउने भएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा ली चान्सु नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् । उनी भदौ २९ गतेसम्म नेपालमा रहनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । चिनियाँ नेता लीसहितको चिनियाँ प्रतिनिधिमण्डल विशेष विमानमार्फत आउने कार्यक्रम रहेको छ ।
सोमवार नै सभामुख सापकोटा र लीले दुई देशीय वार्ता गर्नुहुने कार्यसूची तय भएको छ । वार्ताका क्रममा दुई देशको संसदीय अनुभव आदानप्रदान गर्नेछन् । सभामुख सापकोटाले नेता ली तथा चिनियाँ प्रतिनिधिमण्डलको सम्मानमा सोमवार साँझ रात्रिभोजको आयोजना गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया