कञ्चनपुर निर्माण व्यवसायी संघको अध्यक्षमा भट्ट निर्वाचित

लोकपथ
65
Shares

कञ्चनपुर । कञ्चनपुर निर्माण व्यवसायी संघको अध्यक्षमा पूर्व वरिष्ठ उपाध्यक्ष निरञ्जनप्रसाद भट्ट निर्वाचित भएका छन् । संघको १४औं अधिवेशनमा सार्वजनिक अन्तिम मत परिणाम अनुसार भट्ट १ सय ५५ मत ल्याएर अध्यक्ष पदमा विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी निवर्तमान वरिष्ठ उपाध्यक्ष पुष्पराज अवस्थीले १ सय ९ मत ल्याएका छन् । संघमा सचिव र सह कोषाध्यक्षबाहेक सबै पदाधिकारी भट्ट प्यानलकै निर्वाचित भएका छन् ।

संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बहादुर चन्द १ सय ४९ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी अमर बहादुर बमले १ सय ४ मत ल्याए ।

उपाध्यक्षमा देवबहादुर चन्द १ सय ६२ मत ल्याएर निर्वाचित हुनकी प्रतिद्वन्द्वी शक्ति विष्टले ८८ मत पाइन् । महासचिवमा योगेन्द्र ठकुराठी १ सय ६३ मत ल्याउँदै विजयी भए । उनका प्रतिद्वन्द्वी अमर मल्लले ९५ मत ल्याए ।

सचिवमा सूर्य बहादुर चन्द १ सय ३२ मतका साथ विजयी हुँदा प्रतिद्वन्द्वी हेम महराले १ सय २१ मत ल्याए । कोषाध्यक्षमा दीपक भट्ट १ सय २९ का साथ विजयी हुँदा उनका प्रतिद्वन्द्वी तेज चन्दले १ सय ६ मत ल्याए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?