बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकपथ
117
Shares

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाका अनुसार धादिङको धुनीबेशी घर भई हाल काठमाडौंको बाफल बस्ने २८ वर्षीय राजिव कँडेललाई पक्राउ परेका हुन् ।

पक्राउ परेका कँडेल उपर बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट विभिन्न मितिको फैसलाले पाँच लाख ६० हजार रुपैयाँ जरिवाना र चार दिन कैद तोकेको थियो ।

सो पश्चात भने फरार रहेका कँडेललाई भदौ २३ गते काठमाडौंको बाफलबाट पक्राउ गरी भदौ २६ गते आईतवार जिल्ला अदालत काठमाडौमा उपस्थित गराएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?