क्रिप्टो व्यवसायी अमित श्रेष्ठलाई १५ लाख धरौटीमा छाड्न आदेश

लोकपथ
273
Shares

काठमाडौं । उच्च अदालत पाटनले व्यवसायी अमित श्रेष्ठलाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न गरेको आदेशविरुद्ध श्रेष्ठले पुनरावेदनको निवेदन दिएका थिए ।

सो निवेदन उपर सुनुवाई गर्दै न्यायाधीश राजेन्द्र खरेल र किरणकुमार पोखरेलको संयुक्त इजलासले उनलाई १५ लाख धरौटीमा छाड्न आदेश गरेको उच्च अदालत पाटनका रजिष्टार ठगिन्द्र कट्टेलले बताए ।

न्यायाधीश खरेल र पोखरेलले श्रेष्ठलाई बिहीवार थुनामुक्त गर्न आदेश गरेका हुन् । राष्ट्र बैंक ऐन विरुद्धको कसुरमा जिल्ला अदालत काठमाडौंले उनलाई साउन २४ मा पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा गत असार २९ गते पक्राउ गरेको थियो । आइतवार श्रेष्ठले धरौटी रकम बुझाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?