राष्ट्रिय बीमा कम्पनीको साधारणसभामा तनाव

काठमाडाैं : सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको हिजो शनिबार बसेको साधारणसभामा सञ्चालक र लगानीकर्ताबीच चर्काचर्की भएको छ । 

५ वटा अार्थिक बर्षको साधारणसभा एकैपटक गरेपनि कम्पनीले अाफ्ना लगानीकर्तालार्इ कुनै लाभांश घोषणा नगरेपछि लगानीकर्ताले लाभाांश प्रस्तावसहितको साधारणसभा गर्नुपर्ने मागसहित २ घन्टासम्म कार्यक्रम नै अवरूद्द गरेका थिए । 

साधारणसभा हुनै नदिने अडानसहित शेयरधनीहरूले बबण्डर मच्चाएपछि सञ्चालक समितिले चैतभित्रै अर्को साधारणसभा सम्पन्न गरि लाभांश खुवाउने प्रतिबद्दता व्यक्त गरेका थिए । त्यसपछि मात्रै कार्यक्रम अघि बढेको थियो । 

कम्पनीले शुक्रबार काठमाडाैंमा ३० अाैं साधारणसभा डाकेको थियो । अार्थिक बर्ष २०६३/६४-२०६७/६८ सम्मको सो साधारणसभामा पाँच बर्षको वित्तीय प्रतिवेदनमाथि छलफल र पारित गर्ने प्रस्ताव मात्रै अाएपछि शेयरधनी अाक्रोशित भएका हुन् । 

कम्पनीको सञ्चालक समितिले यसअघि १२०% बोनश र ५.१४% नगद लाभांश दिने प्रस्ताव गरेको थियो । तर नियामक बीमा समितिले यो लाभांश अनुमोदन नगरेपछि कम्पनीका लगानीकर्ता रित्तो हात बस्नुपर्ने अवस्था अाएको हो । 

कम्पनीले २०५१ सालदेखि २०७१ सालसम्म बीमा संस्थानका रुपमा रहँदाको हिसाब अझै नमिलाएका कारण लाभांश वितरण गर्ने प्रस्ताव तत्काललाई स्थगित गर्दै साधारण बोलाएको थियो । यो कम्पनीले बीमा संस्थानका रूपमा रहँदाको झन्डै ८० करोड रूपैयाँ बराबरको सस्पेन्स एकाउन्टको हिसाब अझै मिलार्इसकेको छैन ।

यो पनि :

५ बर्षको साधारणसभा गर्दा पनि राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले केही नपाउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?