दाङ–२ बाट महरा एकल सिफारिस

लोकपथ
0
Shares

दाङ । नेकपा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन् ।

नेकपा माओवादी केन्द्रको आइतबार घोराहीमा बसेको जिल्ला स्तरीय भेलाले महराको नाम सर्वसम्मत सिफारिस गरेको हो । २०७४ को प्रतिनिधिसभामा तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार रहेर महरा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

महरा रोल्पाबाट पनि प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन् । रोल्पाबाट महरासहित वर्षमान पुन, जयपुरी घर्ती, झक्कुप्रसाद सुवेदी र ओनसरी घर्ती सिफारिस भएका छन् । दाङ २ मा नेकपा एमालेबाट महासचिव शंकर पोखरेलको पनि एकल सिफारिस भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?