जावाले ल्यायाे दशैँ र तिहार ‘लेजेन्डरी जावा नौ प्रतिशत ब्याजदर’ अफर

लोकपथ
286
Shares

काठमाडौं । नेपालको सबैभन्दा आधुनिक र आकर्षक मोटरसाइकल जावाले चाडपर्वको मौसममा नयाँ ग्राहकहरूका लागि अभूतपूर्व अफर ल्याएको छ । जावा नेपालले सर्वाधिक मनपर्ने जावा नौ प्रतिशतको शानदार ब्याजदरमा बजारमा ल्याएको हो ।

साथै, चाडपर्वको मौसममा हरेक जावा बाइकको खरिदमा निःशुल्क “प्रोफेशनल राइडिङ ज्याकेट” र निःशुल्क “हेल्मेट“ पनि प्राप्त सकिने कम्पनीले जानकारी दिएको छ । कम्पनीले गाडीको लागि सर्वाधिक मूल्याङ्कनसहित इजी एक्सचेन्ज सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।

नौं प्रतिशतको न्यूनतम ब्याजदरसँग आफ्नो मनपर्ने जावा प्राप्त गर्न अब अझ सजिलो भएको छ। फाइनान्सिङ पार्टनर “अग्नि हायर पर्चेज लिमिटेड” सँगको सहकार्यमा यो सुविधा ल्याइएको हो । सजिलो फाइनान्सिङ र न्यूनतम ब्याज दरको साथ कुनै पनि झन्झट बिना आफ्नो मनपर्ने जावा खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

जावा प्रोफेसनल राइडिङ्ग ज्याकेट वास्तवमै ४ वटै मौसमको लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सेल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको छ । यसको सोल्डर र एल्बोमा प्रयोग भएको आर्मर सिई द्वारा प्रमाणीकरण गरिएको छ । त्यसै गरी यसको हेल्मेटले चालकलाई स्टाइलको साथ सुरक्षा समेत प्रदान गर्दछ ।

जावा मोटरसाइकल एक दशक भन्दा बढी समयदेखि मोटरसाइकल बनाउने लेजेन्डरी बाइक निर्माता कम्पनी हो । यो १९२९ मा चेकोस्लाभाकियाको प्रागमा स्थापित कम्पनी हो । स्थापना कालदेखि नै यो कम्पनी अग्रणी कम्पनीका रुपमा रहदैं आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?