१३ माघ २०७९, शुक्रवार

इमरान खान सवार विमानको आकस्मिक अवतरण

२०७९,भाद्र,२६,आईतवार १४:२६

162
Shares

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान सवार विमान दुर्घटनाबाट जोगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

शनिबार एक र्‍यालीलाई सम्बोधन गर्न विशेष विमानबाट गुजरानवाला जाने क्रममा खान सवार विमान मध्य आकाशबाट फर्काएर आकस्मिक अवतरण गराइएको थियो ।

खराब मौसमका कारण खानको विमान उडेको केही समयपछि पुनः इस्लामावाद फर्किएको थियो । विमानमा प्राविधिक समस्या देखिएको डेली पाकिस्तानले जनाएको छ । तर, विमानमा प्राविधिक त्रुटि देखिएको भन्ने विवरण गलत भएको पीटीआई नेता खानले बताएका छन् ।

उक्त पत्रिकाका अनुसार विमान चालकले कन्ट्रोल टावरमा सम्पर्क गरेपछि सुरक्षित ढंगले विमान अवतरण गरेका थिए । आकस्मिक अवतरणपछि खान आफ्नो पूर्वनिर्धारित कार्यक्रममा सहभागी भएका थिए ।

गुजरानवालाको र्‍यालीमा बोल्दै अध्यक्ष खानले वर्तमान सरकारका कारण देशको अर्थतन्त्र खस्किएको आरोप लगाए ।

एजेन्सी

प्रकाशित मिति: २०७९,भाद्र,२६,आईतवार १४:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पेरुको वर्तमान सङ्कटलाई सम्बोधन गर्न अर्थपूर्ण र समावेशी वार्ताका लागि आह्वान गरेका छन्

सोमालिया । सोमालियामा सेनाले विद्रोही अल सबाबका विरुद्धमा जारी राखेको कारबाहीका क्रममा एक सातामा कम्तीमा पनि तीन सय जना लडाका

काठमाडौं । अफ्रिकी विकास बैंकले अफ्रिकी देशहरुमा खाद्य सुरक्षाको प्रयोजनका लागि आर्थिक सहयोग गर्ने भएको छ । सो सहयोगको रकमबाट

काठमाडौं । रुसविरुद्ध युक्रेनलाई प्याट्रियट मिसाइल डिफेन्स सिस्टम दिएपछि अब अमेरिकाले पनि युक्रेनमा युद्ध ट्याङ्क पठाउने घोषणा गरेको छ ।

ताजा समाचार

मकैको बीउ उत्पादनसँगै निर्यात
 २०७९,माघ,१२,बिहीवार २२:०६