धोबिखोला कोरिडोरको विषयमा सरकारले छुट्टै आयोजना बनाएर काम गर्छ : मन्त्री चौधरी

लोकपथ
49
Shares

काठमाडौं । शहरी विकासमन्त्री मेटमणी चौधारीले धोबिखोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुबान नियन्त्रणको लागि सरकारले छुट्टै आयोजना बनाएर काम गर्ने बताएका छन् ।

आइतवार प्रस्तावित धोबिखोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुबान नियन्त्रण आयोजना सम्बन्धित अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले सरकारले धोबिखोला कोरिडोर निर्माणको लागि अब बस्ने मन्त्रीपरिषद्ले छुट्टै आयोजना बनाउने प्रस्ताव पास गर्ने बताए ।

मन्त्री चौधरीले कोरिडोर निर्माणमा सरकारले जनताहरु त्यहाँबाट विस्थापित हुनु नपर्ने गरी बनाउने प्रतिबद्धता जनाए । उनले धोबि खोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुबान नियन्त्रणको विषयमा संसद गगनकुमार थापाले विशेष पहल गर्नुपर्ने बताए ।

मन्त्री चौधरीले संसद थापाको पहललाई शहरी मन्त्रालयले शतप्रतिशत भन्दा बढी सहयोग गर्न तयार रहेको बताए । उनले भने–‘धोबिखोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुबान नियन्त्रणको विषयमा संसद गगनकुमार थापाले विषेश पहल गर्नुपर्छ । उनको निर्वाचन क्षेत्र पनि हो । उनलाई निर्वाचनमा भोट हालेका जनता पनि हुन् ।

गगनकुमार थापालाई मन्त्रालयले शतप्रतिशत भन्दा माथि सहयोग गर्न तयार छ । यो कोरिडोलाई फरक आयोजना बनाएर अगाडि बढाउने तयारीमा छौं । कोरिडोर क्षेत्रमा अनुगमन गरेर त्यहाँका स्थानीय जनताहरुको माग अनुसार समस्याको समाधान गर्न सकिन्छ ।

अब बस्ने मन्त्रिपरिषद्को बैठकमा छुटै आयोजना बनाएर कोरिडोर बनाउने प्रस्ताव पास हुन्छ । कोरिडोरलाई विवादित बनाउने भन्दापनि समस्या समाधान गर्ने मात्रै कुरा गरौं । जनतालाई पीडा दिने खालका विषयमा छलफल गर्नुहुन्न । यस्ता छलफल जनतालाई दिने खालको नगर्न हुँदैन ।’

मन्त्री चौधरीले कोरिडोरको विषयमा आफूले कोरिडोर क्षेत्रमा अनुगमन गरेर त्यहाँका स्थानीय जनताहरुको माग अनुसार समस्याको समाधान गर्ने बताए । उनले कोरिडोरलाई विवादित बनाउने भन्दापनि समस्या समाधान गर्न मात्रै छलफल गर्नुपर्ने भन्दै जनतालाई पीडा दिने खालका विषयमा छलफल गर्नु नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?