मन्त्रिपरिषद्को निर्णय : एलिजावेथको निधनमा तीन दिन शोक मनाउने

लोकपथ
0
Shares

काठमाडौं । सरकारले संयुक्त राज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ ।

भदौ २४ गते बसेको मन्त्रीपरिषद्को निर्णय सुनाउँदै आइतवार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी गराएका हुन् । उनले सरकारले बेलायत सरकार, बेलायती जनता, एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गरेको छ ।

प्रवक्ता कार्कीले सरकारले स्वर्गीय महारानीको सम्मानमा ३ दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदुतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आदि झुकाउने उक्त सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशित गर्ने निर्णय गरेको बताए ।

उनले भने–‘संयुक्त राज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयाको ९६ वर्षको उमेरमा २०७९ भदौ २३ गते निधन भएकोमा नेपाल सरकारले गहिरो दुःख व्यक्त गर्दै स्वर्गीय महारानीको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछ ।

यस दुखद् घडीमा बेलायत सरकार, बेलायती जनता, एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ । स्वर्गीय महारानीको सम्मानमा ३ दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदुतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आदि झुकाउने उक्त सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशित गर्ने ।’

संयुक्त राज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयाको ९६ वर्षको उमेरमा वि.सं. २०७९ भदौ २३ गते निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?