काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा आइतवार अपरान्ह ३ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बैठकमा आसन्न निर्वाचनका लागि चुनावी घोषणापत्रलगायतका विषयमा छलफल हुनेछ । एक साताभित्र निर्वाचन आयोगमा बुझाउनुपर्ने समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारका विषयमा पनि बैठकमा छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया