काठमाडौं । काठमाडौंस्थित भृकुटिमण्डपमा फर्निचर एण्ड फर्निसिङ एक्सपो, २०२२ चलिरहेको छ । फर्निचर एण्ड फर्निसिङ एसोसिएसनले आयोजना गरेको उक्त एक्स्पो थुप्रै कम्पनीले आफ्ना ब्राण्डलाई प्रस्तुत गरेका छन् ।
यही प्रदर्शनीमार्फत डाइनामेटिक विजनेस प्रालिले ‘मिस्टिक ब्राण्ड’ लन्च गरेको छ । विगत दुई वर्षयता फर्निचर सामानको उत्पादन विक्री, वितरण तथा बजारिकरण गर्दै आएको डाइनामेटिकले मिस्टिक ब्राण्डका अफिस फर्निचरहरु प्रदर्शनीमा राखेको हो ।

डाइनामेटिकले झापास्थित खगेन्द्र काष्ठ उद्योगसँगको सहकार्यमा उक्त ब्राण्ड सार्वजनिक गरेको कम्पनीका निर्देशक आशिष पराजुलीले जानकारी दिए ।

मेन हलको २५ नम्बर स्टलमा रहेको ‘मिस्टिक ब्राण्ड’ का सामान नेपालमै उत्पादन हुने भएकाले सस्तो र गुणस्तरीय भएकाले ग्राहकहरुबाट पनि सकारात्मक प्रतिक्रिया पाइरहेको उनले बताए ।
‘हामीले नेपालमै उत्पादित सामानहरु विक्री वितरण गर्छौँ’ उनले भने, ‘ग्राहकहरुले हाम्रा सामानलाई रुचाइरहनुभएको छ जसबाट हामी सन्तुष्ट छौँ । साथै, हामीले सामानको गुणस्तरीयतामा कुनै सम्झौता गर्दैनौँ ।’
मिस्टिक ब्राण्डको अर्को विशेषता भनेको यसका सामानहरु एमडीएफ बोर्ड र प्लाईबाट बन्छन् । जसबाट बनेका सामान नेपालमा बिरलै पाइन्छ । विशेषगरी एमडीएफ बोर्डबाट बनेका सामानहरु चीनबाट आउँछन् । ‘बाहिरी देशबाट आउँदा ग्राहकलाई महंगो पर्छ,’ पराजुलीले भने, ‘त्यसको तुलनामा हाम्रा सामान तुलनामा सस्तो पनि छ र १० वर्षको वारेन्टीसमेत दिएका छौँ ।’

भदौ २७ गतेसम्म चल्ने प्रदर्शनीमा मिस्टिक ब्राण्डका अफिसियल टेबल, सोफा, कफी टेबल, मिटिङ टेबल, चेयर, फाइल क्याबिनेट लगायतका सामान राखिएको छ ।
डाइनामेटिकले काठमाडौंको तिनकुने र चाबहिल स्टोरबाट मिस्टिक ब्रान्डको सामानहरु विक्री गर्दै आएको छ । साथै, डाइनामेटेडले नेपालभरका झण्डै ६० वटा डिलरहरुलाई फर्निचर सामान डेलिभरी गर्दै आएको कम्पनीले जनाएको छ ।
हेर्नुहोस् भिडियो :
https://www.facebook.com/lokpath/videos/839285457496913
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया