नागरिकता विधेयक रोकेको भन्दै नेविसंघद्वारा विरोध प्रदर्शन

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाई गरेको भन्दै नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ ।

नेविसंघले आज बिहान त्रिचन्द्र क्याम्पसअगाडि राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहनको प्रयास पनि गरेको थियो । विद्यार्थीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरूले प्रहरीमाथि ढुंगामुढा समेत गरेका थिए ।

प्रहरीले बल प्रयोग गरेर विद्यार्थीलाई तितरबितर पार्ने क्रममा ठाउँठाउँमा झडप पनि भएको थियो । विद्यार्थीको प्रदर्शनपछि सवारीसाधनको आवागमन रोकिएको छ । संघीय सदन अन्तर्गतका दुबै सदनबाट पारित भएकाे नागरिकता विधेयक दोस्रोपटक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको छ ।

राष्ट्रपति कार्यालयबाट यो विधेयकभन्दा पछि पुगेका विधेयकहरु पनि प्रमाणीकरण भइसक्दा उक्त विधेयक भने विचाराधीन अवस्थामा रहँदा यसबारे अनेक आशंका उत्पन्न हुन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?