आजदेखि सोह्रश्राद्ध सुरु (फोटोफिचर)

लोकपथ
0
Shares

काठमाडौं । सोह्र श्राद्ध अर्थात् पितृ पक्षको पहिलो दिन आइतवार पवित्र पशुपति क्षेत्रमा आफ्ना दिवंगत पितृलाई सम्मानका साथ तर्पण, पिण्डदान र सिदादान गरिँदैछ ।

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।

आजबाट काठमाडौं उपत्यकाका पशुपतिनाथ, गोकर्णेश्वर आदि मन्दिर नजिकका नदी किनारमा श्राद्ध गर्नेहरुको भिड लाग्छ । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसर (बागमती नदी किनार) मा पनि श्राद्ध गर्नेहरुको भीड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?