काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा रुपन्देहीका नेता डा.बालकृष्ण चापागाईं नेकपा एमालेमा फर्किएका छन् । एमाले विभाजन हुँदा नेता माधव नेपालले गठन गरेको समाजवादीमा लागेका चापागाईं अर्थ तथा योजना विभागका उपप्रमुख रहेका थिए ।
आइतवार चापागाईंलाई अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर स्वागत गरेका छन् । राससका पूर्वमहाप्रवन्धक समेत रहेका चापागाईंले आफू पुरानै घर एमालेमा फर्किएर राजनीति गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया