महाअभियोग प्रकरण : जबराले आज पनि बयान दिने

लोकपथ
65
Shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबिरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज बस्दैछ । बैठक मध्यान्ह १२ः३० बजे सिंहदरबारमा बस्नेछ ।

आजको बैठकमा पनि निलम्बित प्रधानन्यायाधीश जबराले बयान दिने कार्यसूची छ । समितिले तयार पारेको ४२ प्रश्नमध्ये जबराले अहिलेसम्म ११ वटा प्रश्नको मात्र जवाफ दिएका छन् । बयानका लागि तयार ३२ वटा प्रश्न अझै बाँकी रहेका छन् ।

जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?