२० माघ २०७९, शुक्रवार

भुजुङमा गाउँको नीति नियम बनाउन भदौ सभा

२०७९,भाद्र,२५,शनिवार २२:०५

0
Shares

लमजुङ । लमजुङको पर्यटकीय गाउँ भुजुङमा भदौ सभा सम्पन्न भएको छ । क्व्होलासोंथर गाउँपालिका वडा नम्बर ४ भुजुङ गाउँमा हरेक वर्ष भदौ सभा हुने गरेको छ । भदौको अन्तिम साता भदौ सभा गर्ने गरिएको र सभाबाट नयाँ ऐन कानुन बनाउने गरिएको स्थानीयले बताएका छन्।

भदौ सभामा जनप्रतिनिधिलाई पनि सहभागी गराइएको छ । यो सभा समापन गर्न पहिले १ सातासम्म लाग्थ्यो । अहिले ३ दिनसम्म भदौमा सभा सञ्चालन हुने गरेको छ । लालीगुराँस युवा क्लबका अध्यक्ष नौराज गुरुङका अनुसार भदौ सभाले गाउँमा कायम रहेको श्रमज्याला, उपभोग्य वस्तुको मूल्य निर्धारण गर्ने गरिएको छ ।

समाजमा चोरीडकैती गर्नेलाई कारबाही गर्ने र राम्रो काम गर्नेलाई स्याबासी दिने गरिन्छ । सभाले गाउँमा उत्पादित धान, मकै, कोदो लगायत खाद्यान्न बालीको मानापाथीको भाउ, कामदारको दैनिक ज्याला मूल्य निर्धारण गर्ने गर्छ ।

भदौ सभा १ देखि ४ दिनसम्म सञ्चालन हुँदै आएको छ । गाउँका १ देखि ९ वटा टोलका घरमूली सभामा आउँछन्। गतवर्ष पारित गरेको नियम पालना गरे नगरेको कसम खाने गरिन्छ । नियम विपरीत गरेकालाई जरिवाना हुन्छ ।

रीतिथिति व्यवस्थापन समितिका अध्यक्ष कालबहादुर गुरुङले गाउँको सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थामा एकरूपता ल्याउन र गाउँलाई एकढिक्का बनाउन, बाहिरी व्यक्तिको हस्तक्षेप रोक्न भदौसभा गर्ने गरिएको बताए ।

भदौमा बनाएको कानुन अर्को भदौसम्म हुने र हरेक वर्ष परिमार्जन गर्दै लाने गरेका छन्। उनका अनुसार भदौमा सञ्चालन गरिने भएकाले यो सभालाई भदौ सभा भन्ने गरिएको हो।

प्रकाशित मिति: २०७९,भाद्र,२५,शनिवार २२:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गण्डकी । सरकारी जागिरलाई बिट मारेपनि कृष्ण बानियाँ लेखनबाट भने निवृत्त भएका छैनन् । ‘विसंगत अभिरुचि’ उनको पछिल्लो संस्मरण कृति

काठमाडौं । म्युजिकल फिल्म गल्ली सार्वजनिक भएको छ । आईतवार काठमाडौंमा एक कार्यक्रमबीच म्युजिकल फिल्म गल्ली सार्वजनिक भएको हो ।

काठमाडौं । राष्ट्रपति कार्यालयले नेपाली चलचित्रकर्मीले उठाएका मागहरुलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ । सोमबार पत्राचार

काठमाडौं । जान्हवी कपुर आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा रहन्छिन् । अभिनेत्री कपुर हालै उनका पूर्व प्रेमी शिखर पहाडियासँग देखिएकी

ताजा समाचार

विदेशीन लागेका १२ महिलाको उद्धार
 २०७९,माघ,२०,शुक्रवार २०:३२