दार्चुला बाढी–पहिरो पीडितको तत्कार उद्धार गर्न कांग्रेस नेता महरको माग

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले दार्चुला जिल्लामा बाढी र पहिरोबाट ठूलो जनधनको क्षति भएको भन्दै दुख व्यक्त गरेका छन् ।

शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले दार्चुलामा ठूलो धनजनको क्षति गरेको छ । महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा बाढी र पहिरोका कारण ५ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् ।

प्रभावित क्षेत्रका जनताको उद्धार तथा राहतका लागि सरकारले तदारुकता देखाउनु पर्ने महरले बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘अविरल वर्षा र बाढी–पहिरोले गर्दा दार्चुला जिल्लाको महाकाली नगरपालिकास्थित लास्कु खोला, श्रीबगर निजाडगाड साथै नौगाड र महाकाली नदी किनारमा ठूलै जनधनको क्षति भएको खबरले दुखित भएको छु । राहत र उद्धारका लागि यथाशिघ्र पहल सुरु गर्न सरकारसँग अनुरोध गर्दछु’, उनले भनेका छन् ।

बाढी पहिरोले दुई वटै स्थानीय तहका ६० घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ । अहिलेसम्मको प्राप्त विवरण अनुसार ९१ घरमा क्षति पुगेको र ४२ घर पूर्ण रुपले क्षतिग्रस्त भएको प्रहरीको भनाइ छ ।

महालकाली नगरपालिकाको लास्कु खोलामा आएको बाढीले दुई वटा झोलुङ्गे र एउटा मोटररेवल पुल बगाएको छ । एउटा विद्यालय, विद्युत पावर हाउसमा पूर्ण रुपले क्षति गरेको छ । बाढीपहिरोमा परेर २ सय ६३ पशुचौपाया मरेका छन् भने ७ वटा जीप तथा कार, एउटा ट्रयाक्टर र एउटा डोजर हराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?