लमजुङ अस्पतालले जेष्ठ नागरिक र अपाङ्गताको निःशुल्क उपचार गर्ने

लोकपथ
0
Shares

लमजुङ । जिल्ला अस्पताल लमजुङको नवनियुक्त व्यवस्थापन समितिका अध्यक्ष हरिजङ तामाङ साथै सदस्यहरू मोहन बहादुर थापा र वसन्त बहादुर (वासुदेव) थापाले पदभार ग्रहण गरेका छन् ।

समितिको पहिलो बैठकले सेवा सुविधा बढाउनुका साथै कतिपय उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । अप्रेसन थिएटर सेवा सम्बन्धमा माइनर ड्रेसिङ सेवा, जेष्ठ नागरिक, अपाङ्गता भएकाहरूलाई निःशुल्क उपचार गरिने निर्णय गरेको छ । जेष्ठ नागरिक र अपाङ्गता भएकाहरूका लागि छुट्टै टिकट कक्ष स्थापना गर्ने निर्णयसमेत भएको छ ।

आम सेवाग्राहीले हालसम्म टिकटमा तिर्दै आएको २५ रुपैयाँबाट घटाएर २० रुपैयाँ कायम गरिएको छ । इमर्जेन्सी टिकट एक सय रुपैयाँ लिँदै आएकोमा त्यसलाई घटाएर ५० रुपैयाँ कायम गरिएको छ ।

माइनर ड्रेसिङमा एक सय रुपैयाँ लिइएकोमा त्यसलाई पूर्ण निःशुल्क गरिएको छ । मध्यम खालको ड्रेसिङ गर्दा १ सय ५० रुपैयाँबाट घटाएर एक सय रुपैयाँ कायम गरिएको छ । साथै जटिल (मेजर) ड्रेसिङ गर्दा लाग्ने २ सय रुपैयाँबाट घटाएर एक सय ५० कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?