कञ्चनपुरमा नदीमा बगेर एक जनाको मृत्यु

लोकपथ
0
Shares

धनगढी । कञ्चनपुरमा नदीले बगाएर एक जनाको मृत्यु भएको छ । दोधारा चाँदनी नगरपालिका ३ बडुवाल टोलमा जोगबुडा नदीमा बगेर एक जनाको ज्यान गएको हो ।

शनिबार बिहान स्थानीय ५३ वर्षीय रंगलाल वादीको नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जोगबुडा नदीमा बाढीसँगै बगेर आएका काठ दाउरा संकलन गर्ने क्रममा वादी बगेका हुन् । उनको शव बगेको ठाउँबाट एक किलोमिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?