व्यवस्था परिवर्तनमा माओवादीको मुख्य भूमिका भएपनि रजाइँ अरुले नै गरे : शिक्षामन्त्री पौडेल

लोकपथ
117
Shares

पोखरा । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले माओवादीले ल्याएको प्रणालीमा अरूले रजाइँ गरेकाले समस्या भएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका उनले माओवादी कमजोर बन्दा परिवर्तनका एजेन्डाहरू उल्टिन सक्ने खतरा रहेको बताए । यसकारण पनि आगामी निर्वाचनमा माओवादी उम्मेद्वारले जित्नु पर्ने उनको भनाई छ।

गण्डकी प्रदेशको पोखरामा आयोजित कार्यक्रममा उनले प्रेस सेन्टरमा आवद्ध पत्रकारहरूलाई व्यवसायीक दक्षता बढाउन र हस्तक्षेपकारी प्रचार र सोसल मिडियाको प्रभावकारी उपयोग गरेर अगाडि बढ्न आग्रह गरे हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?