काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शनिवार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका छन् । लामो समयदेखि मृगौला सम्बन्धी रोगबाट पीडित भई हाल नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत धनगढीका स्थायीबासी नरबहादुर बलायरलाई भेट्न प्रधानमन्त्री देउवा अस्पताल पुगेका हुन् ।
देउवा आज (शनिवार) बिहान ११ बनेर ३७ मिनेट जाँदा नर्भिक अस्पताल पुगेको र बलायरको स्वास्थ्य अवस्था तथा उपचारपछि भइरहेको प्रगतिलगायतको विषयमा चासो दिएका थिए । करिब ५ मिनेट बलायर र उनका आफन्त तथा उपचारमा संलग्न चिकित्सक टोलीसँग कुरा गरी देउवा फर्किएका थिए ।
धनगढीका ८१ वर्षीय बलायरको दुवै मृगौलामा समस्या भई केही दिनअघिदेखि नर्भिक अस्पतालमा उपचाररत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया