तारकेश्वर ३ का अध्यक्ष सुर्यमानलाई कांग्रेसले सोध्यो स्पष्टीकरण

लोकपथ
161
Shares

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष एवम नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि सुर्यमान श्रेष्ठ (गणेश)लाई नेपाली कांग्रेस नुवाकोटले स्पष्टीकरण सोधेको छ ।

पालिका अध्यक्ष एवम कांग्रेस नेता शिव अधिकारीमाथि चरीत्र हत्या गर्ने गरि अभिव्यक्ति देखिएको भन्दै सात दिन भित्र जिल्ला अनुशासन समितिमा स्पष्टीकरण पेश गर्न निर्देशन गरेको हो ।

समितिका संयोजक श्रीराम श्रेष्ठले उनलाई कांग्रेसको विधान २०१७ (संसोधित सहित) को परिछेद ९ धारा ३४ उपधारा १ को (क) बमोजिम कांग्रेस पार्टीको आदर्श, सिद्धान्त र नीति विपरीत हुने गरि अनुशासन उल्लंघन गरेको आरोप लागेको छ ।

वडा अध्यक्ष श्रेष्ठले पालिकाको बोर्ड खरिदमा कुनै तथ्य र प्रमाण बिनै अध्यक्षले अनियमित गरेको आरोप लगाउदै सामाजिक संजालमा चरीत्र हत्या गर्नेगरि पोस्ट गरेका थिए ।

पालिका प्रमुख प्रशासकिय अधिकृतले सार्वजनिक खरिद प्रक्रिया विशुद्ध प्रशासनिक विषय भएकोले त्यसमा पालिकाका अध्यक्ष लगायत कुनै पनि पदाधिकारीको संलग्नता नरहेको स्पष्ट पारिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?