तारकेश्वर ४ र ५ मा खानेपानीको समस्या समाधान हुँदै

लोकपथ
38.3k
Shares

काठमाडौं । सधैँ खानेपानीको समस्या भोग्दै आइरहेका काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ४ र ५ का बासिन्दाहरुले अब सहज रुपमा खानेपानी पाउने भएका छन् ।

दुवै वडाका बासिन्दाले लामो समयदेखि समस्या भोग्दै आएका कारण स्थानीय राजनीतिज्ञ तथा समाजसेवीहरुको पहलमा पानीको व्यवस्थापन हुन लागेको हो । जसअनुसार २०७८ साल कार्तिक ७ गते खानेपानी मन्त्रालयमा निवेदन दिएका थिए ।

खानेपानी मन्त्री उमाकान्त चौधरीसँग तारकेश्वर ४ र ५ बाट नेपाली कांग्रेसमा आवद्ध स्थानीय नेता, समाजसेवी, वुद्धिजिवी तथा अन्य व्यक्तिहरुले पहल गरी मन्त्रालय पुगेका थिए ।

सो अनुसार खानेपानी आयोजना निर्माणका लागि केयूकेएल महाराजगञ्ज शाखाले १ करोड ७४ लाख १३ हजार ४ सय १७ रुपैयाँ समेत अनुमान गरेको थियो ।

No description available.

सुन्दरीजलको पानी बालाजु ट्यांकीबाट तारकेश्वर-४ मा रहेको ट्यांकीसम्म ल्याउनका लागि १८ सय २० मिटर पाइप लाग्ने अनुमान समेत गरिएको छ ।

अनुमान र लागत अनुसार सो आयोजना सम्झौताका लागि २०७९ जेठ २० गते काठमाडौं उपत्यका खानेपानी बोर्डलाई पत्र पठाइएको थियो । साथै आव २०७९/0८० लागि सो आयोजना स्वीकृत समेत भइसकेको छ । उक्त आयोजनालाई चासोका साथ हेरि तारकेश्वर नगरपालिकाले समेत सो आयोजना गत भदौ १२ गते केयूकेएल शाखा महाराजगञ्जलाई पत्र पठाएको थियो ।

No description available.

सबै प्रक्रियाहरु पूरा गरी हाल सो आयोजना टेन्टर प्रक्रियामा रहेको छ ।

सो आयोजना पूरा भइसकेपछि तारकेश्वर९४ र ५ का हजारौँ घरधुरी लाभान्वित हुने नेपाली कांग्रेस वडा नं ४ का इकाइ सभापति हस्त बहादुर गुरुङले जानकारी दिए ।

No description available.

केही समयमा नै उक्त आयोजना पूरा भइ तारकेश्वरमा रहेको खानेपानी समस्या समाधान हुने स्थानीय समाजसेवी विष्णु कडरियाले बताए ।

No description available.

ʽठूलो संघर्षपछि तारकेश्वर-४ का सबै र ५ का अधिकांश स्थानका जनतालाई पानी खुवाउन लागेका छौँ । आयोजना टेन्डर प्रक्रियामा गएको छ । ‘ उनले भने ।

सो आयोजनाका लागि त्यहाँका धेरै स्थानीय राजनीतिज्ञदेखि समाजसेवीसम्मको हात रहेको कडरियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?