कस्तो रहला आज दिनभरको मौसम ?

लोकपथ
0
Shares

शनिबार बिहानैदेखि देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । केही दिनयता मौसम प्रतिकुल बनेर अधिकांश स्थानमा वर्षा हुँदै आएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भन बाँकी प्रदेशका एक दुई स्थानमा हल्का भइरहेको छ।

यस्तै दिउँसो पहाडी भूभागका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।लुम्बिनी र बागमती प्रदेशका एक दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति पहाडी भूभागका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङ सहितवर्षाको सम्भावना रहेको छ। लुम्बिनी र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने देखिएको पनि महाशाखाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?