लोकपथ टप फिप्टिन : इन्द्रजात्राको माहोलमा रंगियो उपत्यका, अझै टुंगिएन भागबण्डा

लोकपथ
0
Shares

आज उपत्यका इन्द्रजात्राको माहोलमा रंगीयो अनी भागबण्डाको जुहारी चलिनै रह्यो अनी राजनीतिले देश नै गर्मायो ।

१. वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना गरी काठमाडौं उपत्यकासहितका जिल्लामा मनाइयो इन्द्रजात्रा, इन्द्रजात्राका अवसरमा प्रधानमन्त्री, राष्टपतिद्वारा शुकामना व्यक्त ।

२. राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे पदबाट राजीनामा दिनुपर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को जिकिर, कानुन अनुसार विधेयक फिर्ता गर्न नमिल्ने दाबी ।

३. पाँच दलीय सत्ता गठबन्धनमा अझै लागेन सिट बाँडफाँटको टुंगो, सबै दलले सम्मानजनक स्थान पाउने जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको भनाइ ।

४. सत्तारुढ गठबन्धनलाई टुटाउन ठूलो षड्यन्त्र भइरहेको कांग्रेस सभापति शेरबहादुर देउवाको भनाइ, पार्टीका नेता तथा कार्यकर्तालाई एकढिक्का भएर निर्वाचनमा होमिन आग्रह ।

५. सत्ता टिकाउन गठबन्धन सरकारले राष्ट्र हितबिपरितका काम गरेको नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको आरोप, आगामी निर्वाचनपछि नेकपा एमालेको नेतृत्वमा पुनः सरकार बनाउने दाबी ।

६. वैदेशिक रोजगारीमा जानेहरुबाट पछिल्लो १४ वर्षमा भित्रियो ८४ दशमलव ६६ खर्ब रुपैयाँ रेमिट्यान्स, आर्थिक वर्ष २०७८÷७९ मा मात्र भित्रियो ९ खर्ब ८६ अर्ब रुपैयाँ ।

७. पछिल्लो २४ घण्टामा गरिएको ३ हजार २ सय ९४ परिक्षणमा १५२ जनामा कोरोना संक्रमण पुष्टी, २ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ४८ मा झर्यो ।

८. विनिमय दर परिवर्तनको कारण परियोजनाको कर्जामा पर्ने असर न्यूनिकरण गर्न हेजिङ नियमावली लागु, प्राथमिकता र राष्ट्रिय गौरवका आयोजनामा २० प्रतिशत शुल्क सरकारले व्यहोर्ने ।

९. बढ्दो आत्महत्याका घटनालाई रोक्न प्रदेश १ सरकारले प्रहरीसँगको साझेदारीमा आत्महत्या रोकथाम तथा न्युनीकरण अभियान सञ्चालन गर्ने, सातवटै प्रदेशको तुलनामा प्रदेश १ मा घट्छन् आत्महत्याका धेरै घटना ।

१०. कैलालीको घोडाघोडी नगरपालिकामा देउडा हेर्न गएकी १५ वर्षीया किशोरी बलात्कृत, आरोपी चारमध्ये तीन जनालाई पक्राउ, थप अनुसन्धान हुँदै ।

११. डेङ्गुका बिरामी बढेसँगै सिटामोलको उच्च माग, बजारमा कृतिम अभाव । सरकार भन्छ अभाव छैन, सर्वसाधारण भन्छन् पाइँदैन ।

१२. बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन, ७० वर्षभन्दा लामो समयसम्म शासन गरेकी एलिजाबेथको जेठा छोरा चाल्र्स तृतीयले सम्हाले गद्दी ।

१३. सिरियाको उत्तरपश्चिमी क्षेत्रमा रुसी सेनाको हवाई कारबाही, सेनाको कारबाहीमा परी नुसरा फ्रन्ट नामक विद्रोही समूहका एक सय २० लडाकु मारिए, कैयौँ घाइते ।

१४. आफु निर्दोष रहेको र आधारहीन आरोपको सामना गर्न तयार रहेको सन्दीप लामिछानेको भनाइ , केहिदिनमै वेस्ट इन्डिजबाट नेपाल फर्कने तयारी ।

१५. कतारमा हुने विश्वकपका लागि मदिरा प्रतिबन्ध हटाइने, अन्य देशबाट आउने समर्थकहरुले आफ्नो देशबाट भने मदिरा ल्याउन नपाउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?