एभरेष्ट बैंक र दराजबीच सम्झौता, कार्डबाट भुक्तानी गर्दा आकर्षक छुट

लोकपथ
78
Shares

काठमाडौं । एभरेष्ट बैंक र दराजबीच ‘दराज दशैं धमाका महोत्सव’का लागि सम्झौता भएको छ ।

बैंकले नजिकिँदै गरेको दशैंलाई लक्षित गर्दै भदौ २९ गतेबाट दराजबाट किनमेल गर्दा कार्ड वहाकहरुलाई आकर्षक छुट हुने विज्ञप्तिमा उल्लेख छ ।

अनलाइनबाट सामान किनेर डेबिट कार्डमार्फत भुक्तानी गर्दा अधिकतम १५ प्रतिशत वा दुई हजार रुपैयाँसम्म छुट दिने बैंकले जनाएको छ ।

बैंकका अनुसार क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा २० प्रतिशत वा २५ सय रुपैयाँ छुट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?