डेंगु नियन्त्रणका लागि सिनामंगलमा स्थानीयको पहलमा ‘फगिङ’

लोकपथ
42
Shares

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा डेंगुका बिरामीहरु बढ्न थालेपछि यसको रोकथामका लागि विभिन्‍न अभियानहरु सञ्‍चालन हुन थालेका छन्।

काठमाडौंको सिनामंगलमा स्थानीयहरुको पहलमा टोलका विभिन्‍न स्थानमा डेंगु सार्ने लामखुट्टे मार्नका लागि फगिङ (विषादीसहित धुँवाउने काम) गरिएको छ।

सिनामंगलस्थित श्री विनायक मार्गमा डेङ्गु न फिलियोस भनेर टोलबासीको पहलमा फगिङ गरिएको हो।

घर वरिपरि पानी जम्ने ठाउँ र झाडीहरुको कारण लामखुट्टे धेरै मात्रामा फैलिएर संक्रमण हुने भन्दै बासस्थान नै नष्ट गर्न थालिएको स्थानीय समाजसेवी दिनेशविक्रम शाहले जानकारी दिए ।

उपत्यकामा डेंगुले महामारीको रुप लिँदै जाँदा सरकारको मात्र मुख ताक्ने भन्दा पनि प्रत्येक नागरिकले आफ्नो दायित्व सम्झिएर त्यसको निराकरणमा लाग्नुपर्ने उनको जोड रहेको छ । उपत्यकामा डेंगुले महामारीको रुप लिइसकेको अवस्थामा हामीले सरकारको मात्र मुख ताकेर बस्ने भन्दा पनि आफू पनि आफ््नो ठाउँबाट उत्तरदायी भएर लाग्नपर्छ । उनले भने ।

सिनामंगलमा मात्र नभएर देशका विभिन्न स्थानमा डेंगु रोकथामका लागि फगिङ थालिएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?