विगत २ वर्षदेखि शीर्ष स्मार्टफोन कम्पनीमा शाओमी कायमै

लोकपथ
65
Shares

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज मार्केट रिसर्च फर्म आइडिसीको विश्वव्यापी मोबाइल फोन ट्रयाकरको दोश्रोत्रैमासिक २०२२ को रिलीज अनुसार आफू नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको घोषणा गरेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पंडाले भने, “आइडिसिको रिपोर्ट अनुसार निरन्तर आठौँ त्रैमासिक सम्म पनि हामी नेपालको नम्बर एक स्मार्ट फोन कम्पनी बन्न सफल भएका छौँ, जुन हाम्रो लागि एकदमै खुशीको कुरा हो । यसरी नेपालकै सर्वाधिक लोकप्रिय स्मार्टफोन ब्रान्ड बनाउने तथा यात्रामा सहभागिहुने समस्त एमआई फ्यानहरु, व्यापारिक साझेदारहरु र सम्पूर्ण स्टेक होल्डरहरु प्रति आभार व्यक्त गरेको छ ।

ग्राहकहरुको माया र साथ प्रति नतमस्तक रहेको बताउँदै शाओमीले हामीले हाम्रा लागि खडा गरेको उच्चतम मापदन्डहरु भविष्यमा पनि पुरा जानेछौँ भनेको छ ।”

“नो मी विदाउट यु, साओमी नेपाल” भन्ने मूल नाराका साथ रेडमी १० सेरिज, रेडमी ११ सेरिज, रेडमी १२ सेरिज जस्ता विभिन्न मुल्यका धेरै उत्पादनहरु बजारमा ल्याएको कारण शाओमी ब्राण्डको बजारमा उल्लेखनीय वृद्धि भएको छ । यसका साथै शाओमीले नेपालमा मी वाच लाइट, टिभी स्टिक, ट्रिमर, ब्यान्ड ६, सोनिक बास वायरलेस इयरफोन, पावरब्यान्क, मी प्याड ५ र हालसालै एअर प्युरिफायेर, एअर कम्प्रेसर लगायत ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु पनि लन्च गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?