२१ आश्विन २०७९, शुक्रवार

गायक सञ्जिव पराजुलीको ‘क्यार्ने हो’ सार्वजनिक

२०७९,भाद्र,२४,शुक्रवार २०:१०

54
Shares

काठमाडौं । विभिन्न लोकप्रिय गीतहरुका गायक सञ्जिव पराजुली नेपाली सांगीतिक क्षेत्रको स्थापित नाम हो ।

आफूले गाउने गीतमा केही पृथक शैलीको प्रयोग गर्न रुचाउने गायक पराजुलीले यसपटक आफ्नो गीत ‘क्यार्ने हो’ मा पनि केही नयाँ प्रयोग गरेका छन् ।

संगीतकार वसन्त सापकोटाको शब्द तथा संगीतमा तयार भएको यो नयाँ गीतको म्युजिक भिडियो बिहिवार साँझ सार्वजनिक भएको छ ।

गायक पराजुलीले लामो समय लगाएर तथा धेरै मेहनतपछि यो गीत तथा म्युजिक भिडियो तयार पारिएको बताएका छन् ।

राजन इशानको संगीत संयोजन रहेको यो गीतको म्युजिक भिडियोमा नौलो प्रयोग गरिएको गायक पराजुली बताउँछन् ।

राहुल शाहको अवधारणा, कोरियोग्राफी तथा निर्देशनमा बनेको उक्त गीतको म्युजिक भिडियो ‘वान शट’ मा छायांकन गरिएको छ ।

नेपाली म्युजिक भिडियोको इतिहासमा यो सम्भवतः पहिलो प्रयोग भएको गायक पराजुलीको भनाइ छ ।

भिडियोमा राहुल शाह, अलिशा शर्मा, युमी बलामी, भाइब एण्ड वेभ ग्रुप तथा नृत्य ट्रुप्स नेपालको अभिनय तथा नृत्य छ ।

सिंगल शट म्युजिक भिडियोको रुपमा सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा पवन सुस्लिङको छायांकन तथा सम्पादन रहेको छ ।

गायक पराजुलीका यसअघिका ‘नाइँ मलाई थाहा छैन’, ‘कर्के नजर’, छैन मलाई पिर’ लगायतका दर्जनौ गीतले दर्शक श्रोताको मन जितिसकेको छ ।

प्रकाशित मिति: २०७९,भाद्र,२४,शुक्रवार २०:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दसैँको रौनकले नेपालीलाई छपक्कै छोपेको छ । दसैँको मूख्य रोचक पक्ष भनेको एकसरो नयाँ कपडा लगाउने, पिङ खेल्ने, मामाघर जाने,

एजेन्सी । कैयौं वर्षसम्मको एकअर्काको डेटपछि बलिउड अभिनेत्री ऋचा चड्ढा प्रेमी अलि फजलसँग विवाह गर्दैछन् । उनीहरूले आगामी ६ अक्टोबरमा विवाह

एजेन्सी । अभिनेता अजय देवगन र सिद्धार्थ मल्होत्रा स्टारर फिल्म ‘थ्याङ्क गड’को ट्रेलर सार्वजनिक भइसकेको छ । ट्रेलरलाई धेरै दर्शकले

काठमाडौं । नेपाली गीतहरुले पछिल्लो समय निकै लोकप्रियता कमाइरहेका छन् । हात हातमा इनटर्नेटको पहुँचले पनि पछिल्लो समय गीत संगितहरुले

ताजा समाचार

दक्षिण अफ्रिकाले भारतलाई हरायो
 २०७९,आश्विन,२१,शुक्रवार ०७:५९
बडादसैँको टीका आज पनि लगाइदै
 २०७९,आश्विन,२१,शुक्रवार ०७:४८
थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४