रामदेव तेलद्वारा विजेता ग्राहकलाई पुरस्कार वितरण

लोकपथ
65
Shares

काठमाडौं । लक्की ग्रुपको भागिनी संस्था गणपति बनस्पति प्रालिले उत्पादत गरी बिक्री वितरण गर्दै आइरहेको रामदेव तेलद्वारा सर्वसाधरण एवम् उपभोक्ताहरुसँग अन्तर्क्रिया गर्ने उद्देश्यले हरेक चाडपर्वमा माया भर्छौ हामी, चाडपर्वको बहार हरेक हप्ता उपहार योजनाअन्तर्गत तेश्रो हप्ताको लक्की ड्र मार्फत विजेता भएकाहरुलाई एक समारोहका बिच पुरस्कार वितरण गरिएको छ ।

तेश्रो हप्ताको प्रश्नोत्तर सल्भ द पजलअन्तर्गत रहेर प्रतियोगितामा भाग लिई लक्की ड्र मार्फत विजेता हुन सफल प्रतियोगीहरुमध्ये २ जनाले जनही १/१ कार्टुन रामदेव सनफ्लावर तेल प्राप्त गरेका छन् ।

त्यस्तै, प्रतियोगितामा सहभागी भई विजेता हुन सफल काठमाडौं थानकोटकी सुभद्रा बिष्ट र काठमाडौं टेकुकी स्वाती मर्हजन रहेकी थिईन । गणपति बनस्पति प्रालिका मार्केटिङ्ग मेनेजर बिनोद श्रेष्ठले उनीहरु दुवैजनालाई पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?