साफ यू–१७ : भारतलाई ३–१ गोलले हराउँदै नेपाल बन्यो समूह विजेता

लोकपथ
520
Shares

काठमाडौं । श्रीलंकामा जारी १७ वर्ष मुनिको पुरुष साफ च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपालले छिमेकी मुलुक भारतलाई तीन–एक गोलले हराएको छ ।

श्रीलंकाको कोलम्बोमा सम्पन्न खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएपनि दोस्रो हाफमा नेपालले थप दुई गोल गर्यो । पहिलो हाफको अन्तिम मिनेटमा नेपालका लागि सरोजदर्लामी मगरले गोल गरे । त्यस्तै, भारतका ड्यानी मेइटिइले नेपालविरुद्ध २५ औं मिनेटमा गोल गरेका थिए ।

खेलको ४९औं मिनेटमा युनेश बुढाथोकीले नेपाललाई २–१ को अग्रता दिलाउँदा सुवास बमले एक गोल थप्दै भारतमाथि ३–१ को जित दिलाएका हुन् । पहिलो खेलमा भुटानलाई हराएका नेपाल र भारत दुवै सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?