गठबन्धनको बैठक स्थगित, भोलि फेरि बस्ने

लोकपथ
49
Shares

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको आज बस्ने भनिएको गठबन्धनको निर्णायक बैठक स्थगित भएको छ । बालुवाटारमा आज ३ बजे नै गठबन्धनको बैठक बस्ने तय भएको थियो । बैठक भोलि (शनिबार) सम्मका स्थगित भएको हो ।

आजको बैठकले सत्ता गठबन्धनको कार्यदलले बुझाएको प्रतिवेदनमाथि शीर्ष नेताहरूले छलफल गरी सिटको बाँडफाँटको टुगों लगाउने तयारी थियो । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको व्यस्तताका कारण बैठक स्थगित भएको स्रोतले जनाएको छ ।

गठबन्धनको बैठक भोलि ४ बजे बस्ने बताइएको छ । सीट बाँडफाँटका लागि गठन भएको कार्यदलले गठबन्धनका शीर्ष नेताहरुलाई आफ्नो प्रतिवेदन बुझाइसकेको छ । कार्यदलमा सहमति नभएको क्षेत्रमा गठबन्धन दलका शीर्ष नेताहरुले टुगों लगाउनका लागि बैठक बोलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?