आगामी निर्वाचनपछि एमाले फेरि सरकारमा आउँदैछ : महेश बस्नेत

लोकपथ
78
Shares

काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि आफ्नो पार्टी सरकारमा आउने दाबी गरेका छन् ।

शुक्रवार भक्तपुरमा आयोजित पार्टी निकट राष्ट्रिय युवा संघ, नेपाल बागमती प्रदेश स्तरीय निर्वाचन परिचालन भेलामा बोल्दै नेता बस्नेतले यस्तो दाबी गरेका हुन् ।

उनले एमाले फुटाउने कर्ममा लागेका र अपराधकर्ममा लिप्त रहेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई सफाइ दिएकाे भन्दै फेरी अर्थमन्त्री बनाउने अभियानमा संलग्नहरुलाई आफ्नो पार्टीको सरकार बनेपछि तह लगाउने चेतावनी दिए ।

नेता बस्नेतले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई विजयी गराउन सकेसम्म सर्वसम्मत उम्मेदवार चयन गर्ने र टोलटोलमा पार्टीको संगठन परिचालन गर्ने कामलाई तीव्रता दिने योजना बनाइएको पनि बताए । उनले भने, ‘मंसिर ४ गते पछाडि नेकपा (एमाले) फेरी सरकारमा आउँदैछ । त्यतिखेर अपराधी र फटाहाहरुलाई एमालेले तह लगाउनेछ ।

एमालेले आगामी निर्वाचन जित्नका लागि टोलटोलमा संगठन निर्माणको काम गर्ने र सकेसम्म सर्वसम्मत उम्मेदवार बनाउने कामलाई तीव्रता दिएको छ । र, त्यस काममा युवा संघ, नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।’

उनले एमाले राष्ट्रियताको पक्षमा रहेको बताए । नेता बस्नेतले मुलुकमा विकास निर्माण हुन नदिन, भ्रष्टाचारलाई प्रश्रय दिन, राष्ट्रियतालाई समाप्त पार्न सत्तारुढ गठबन्धन एमालेविरुद्ध लागि परेको आरोप समेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?