कोरोना अपडेट : थप १५२ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

लोकपथ
117
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीन हजार २ सय ९४ जनामा गरिएको परीक्षणमा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।

त्यस्तै १३३ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ४ सय ४८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?