अविवाहितको लगनगाँठो कस्दै बिहे नेपाल भीआईपी क्लब

लोकपथ
143
Shares

काठमाडौं । बिहे नेपाल भीआईपी क्लब उद्घाटन तथा साइनिङ्ग सेरोमोनि काठमाडौंको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको कर्मा लाउन्जमा सम्पन्न भएको छ । विगत केही समययता बिहे नेपाल नामक एपको प्रयोग गरि अविवाहितहरुले लगनगाँठो कस्दै आएको बिहे नेपाल भिआईपी क्लबको समुद्घाटन तथा वेलकम इभेन्ट म्यानेजमेन्टसँगको साईनिङ्ग सेरोमोनि भव्य रूपमा सम्पन्न भएको हो ।

उक्त अवसरमा नेपाल विज्ञापन संघ (आन) का पूर्व अध्यक्ष तथा ‘एड गुरु’ निर्मल राज पौडेलले भीआईपी क्लबको भिडियो विधिवत रुपमा रिमोटद्वारा स्विचिंग गरेर उद्घाटन गरेका थिए । बिहे नेपालको तर्फबाट निर्देशक श्रद्धा कटुवाल र वेलकम इभेन्टको तर्फबाट रिजा पौडेलले (एमओयू) मा हस्ताक्षर गरि बिहे नेपाल भीआईपी क्लबको बारेमा उक्त संस्थाकी सञ्चालक श्रीया कटुवालले जानकारी दिएकी हुन् ।

उनका अनुसार श्रद्धा र श्रीया (दुई ईञ्जिनिएर दिदीबहिनी) मिलेर नेपालमा पहिलो म्याट्रोमोनियल एप तयार गरिएको हो । सम्पन्न कार्यक्रमलाई भेस्पर वाइन र कर्मा लाउन्जले प्रायोजन गरेको थियो । बिहे नेपाल एपमा नयाँ प्रिमियम सुविधाहरूको प्रयोग मार्फत आफ्नो जीवनसाथीलाई खोज्ने यात्रालाई थप रमाइलो बनाउन अपग्रेड गरिएको छ ।

रावा सफ्टवेरद्वारा २४ फेब्रुअरी, २०२२ मा लन्च गरिएको बिहे नेपाल एपको प्रयोग मार्फत विश्वभरका अविवाहित नेपालीहरू अहिले आफ्नो उत्तम जोडीको खोजीमा छन् । प्रयोगकर्ताको साथ र सहयोगले बिहे नेपालको यात्रालाई निरन्तरता दिन प्रेरणा मिलेको बताइएको छ ।

प्रयोगकर्ताहरूद्वारा अत्याधिक माग गरिएको बिहे नेपाल भिआईपी क्लब अन्ततः सार्वजनिक भईसकेको र यस क्लबमा प्रयोगकर्ताहरूले तोकिएको सदस्यता शुल्क बुझाई आवद्ध हुन चाहनेले अनिवार्य रुपमा आफ्नो पृष्ठभूमि प्रमाणीकरण (आईडी, शिक्षा र योग्यता कागजात जाँच) गरेर अन्य भिआईपी क्लब सदस्यहरूसँग मिल्दो नेटवर्कमा रहेर आफ्नो जीवनसाथी भेटाउन सक्नेछन् ।

भिआईपी सदस्यहरूले भिआईपीलगायत स्टाण्डर्ड सदस्यहरुको पनि प्रोफाईल हेर्न, साथी बन्न, कुराकानी र अनलाईन भेट्घाट समेत गर्न पाउने छन् ।

बिहे नेपाल प्रालि तथा वेल्कम इभेन्ट म्यानेज्मेन्टबीच हिजो बिहीवार सम्झौता पत्रमा हस्ताक्षर भए पश्चात प्रयोगकर्ताहरूले बिहे नेपाल एपद्वारा नेपालको एक भरपर्दो र पूर्ण विकसित कार्यक्रम योजना र समन्वय गर्दै आएको वेलकम इभेन्ट म्यानेजमेन्टद्वारा मेहेन्दी, हल्दी, संगीत कार्यक्रम र विवाह समारोहका लागि आवश्यक पर्ने क्याटेरिङ्ग, फोटो एवम् भिडियोग्राफी, डेस्टिनेशन वेडिङ्ग, तथा कुनै पनि प्रकारको कार्यक्रम बुक गर्न सक्नेछन् ।

बिहे नेपालले बिहे नेपाल ब्ल्याक कार्ड लन्च गरेको छ जसको प्रयोगले हामीसँग आवद्ध भएका कम्पनीहरुद्वारा बिहेको किनमेल, रेस्टुरेन्ट, सवारी साधन, स्वास्थ्य, सौन्दर्य र सैलुन, फोटोग्राफी र थप धेरै सेवाहरु लिएमा उपहार र छुट प्राप्त गर्न प्रयोग गर्न सकिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?