गठबन्धनविरूद्ध षड्यन्त्र भइरहेको छ, पार्टी एक ढिक्का हुनुपर्छ : प्रधानमन्त्री देउवा

लोकपथ
65
Shares
;’b”/klZrdf~rn ;/f]sf/ d~r g]kfnsf] ;fwf/0f;ef ;df/f]x uf}zfnf, @@ h]7M k|wfgdGqL z]/axfb’/ b]pjf cfOtaf/ ;’b”/klZrdf~rn ;/f]sf/ d~r g]kfnsf] !!cfF} ;fwf/0f;efnfO{ ;Daf]wg ub}{ . tl:a/M/f]zg ;fksf]6f÷/f;;

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनबिरुद्ध ठूलो षड्यन्त्र भइरहेको बताएका छन् ।

नेपाली कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’मा कांग्रेस अभियानको समापनका लागि चितवन पुगेका देउवाले षड्यन्त्रविरुद्ध पार्टीका सबै कार्यकर्ता एक ढिक्का हुनुपर्ने बताए । उनले गठबन्धनको विरोध गर्नु पार्टीकाविरूद्ध हुनेसमेत बताए ।

कांग्रेस चितवन जिल्ला समितिले १०९ औं विपी जयन्तीको अवसरमा गरेको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै देउवाले गठबन्धन पार्टीको हितमा रहेको जिकिर गरे।

उनले भने, ‘गठबन्धनको खिलापमा ठूलो षड्यन्त्र भइरहेको छ, तर गठबन्धन कुनै हालतमा टुट्दैन,’ देउवाले भने,’ गठबन्धनको विरोध गर्नु भनेको पार्टी सिध्याउने षड्यन्त्र हो ।’
प्रधानमन्त्री देउवाले पार्टीलाई फाइदा हुने गरेर सिट बाँटफाँट गरिने भन्दै पार्टीलाई एक बनाउन लाग्न कार्यकर्तालाई आग्रह गरे ।

देउवाले केपी शर्मा ओलीको सरकारबाट आत्तिएर कार्यकर्ताले हटाउनु पर्‍याे भनेपछि गठबन्धन बनेको उनले बताए ।

‘एमसीसी पास भयो भने अमेरिकी सेना नेपाल आउँछ भन्थे, खोइ त अमेरिकी सेना आएको ?,’ देउवाले भने, ‘सरकार र गठबन्धनविरूद्ध षड्यन्त्र भइरहेको छ, पार्टी एक ढिक्का हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?