‘ए’ र ‘बी’ डिभिजन विजेता क्लबले पाए पुरस्कार रकम

लोकपथ
182
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘ए’ र ‘बी’ डिभिजन लिग विजेता टिमलाई लामो समयपछि पुरस्कार रकम प्रदान गरेको छ ।

एन्फाले शुक्रबार ‘ए’ डिभिजन र ‘बी’ डिभिजन लिगका विजेता टिमलाई उपाधिको पुरस्कारसँगै ‘म्याच मनी’, प्रतियोगिताको उत्कृष्ट खेलाडी र ‘म्यान अफ दी म्याच’ को पुरस्कार वितरण गरेको छ ।

एन्फाले ‘ए’ डिभिजन लिग सकिएको ६ महिना र ‘बी’ डिभिजन लिग सकिएको पाँच महिनापछि पुरस्कार रकम वितरण गरेको हो ।

एन्फाले ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र क्लब, दोस्रो भएको त्रिभुवन आर्मी फुटबल क्लबसँगै प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका सुनिल बल, उत्कृष्ट गोलकिपर विशाल श्रेष्ठ र इमर्जिङ प्लेयर चुनिएका दिनेश हेन्जनलाई पनि पुरस्कार रकम दिएको हो ।

यस्तै, एन्फाले ‘बी’ डिभिजन लिगको पनि लिग विजेता, उपविजेतासँगै ‘म्यान अफ दी म्याच’ र व्यक्तिगत पुरस्कार प्रदान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?