राष्ट्रपति भण्डारीद्वारा किताब जात्रा, २०७९ को उद्घाटन

लोकपथ
130
Shares
sf7df8f}F, !% c;f/ . /fi6«klt ljBfb]jL e08f/L dxfn]vf k/LIfssf] sfof{nosf] ^$cf}+ jflif{sf]T;j ;df/f]xsf] a’waf/ pb3f6gkl5 dGtJo JoQm ub}{ . t:jL/ M /Tg >]i7, /f;;

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको उत्थानका लागि सबै नागरिक अनुशासित, मर्यादित र संस्कारयुक्त बन्नुपर्ने बताएकी छन् ।

शुक्रवार काठमाडौंमा आयोजित किताब जात्रा २०७९ को समुद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले राष्ट्रको उत्थानका लागि अनुशासित, मर्यादित र राज्यका निकायप्रति सम्मान गर्ने संस्कारयुक्त बन्नुपर्ने बताइन् । उनले नागरिकहरु मुलुकप्रति समर्पित हुनुपर्ने बताइन् ।

उनले अनुशासित, मर्यादित र संस्कारयुक्त हुनका लागि अध्ययनमा ध्यान दिनुपर्ने बताइन् । राष्ट्रपति भण्डारीले अध्ययनले सत्यको खोज र तथ्यको पहिचान गर्ने क्षमता बनाउने भन्दै सोही क्षमताको आधारमा राष्ट्रको समृद्धिका जगहरु निर्माण हुने उल्लेख गरिन् ।

उनले कागजमा छापिएका अक्षरबाट मात्र अध्ययन नहुने भन्दै जीवनको विभिन्न आयामहरुसँगको साक्षात्कारबाट पनि हुने बताइन् । समाज परिवर्तनका लागि ज्ञान हासिल गर्नु अनिवार्य भएकोले ज्ञानका लागि अध्ययन अपरिहार्य रहेको उनको भनाइ छ ।

उनले भनिन् – ‘कुनैपनि राष्ट्रको उत्थानका लागि हरेक नागरिक अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका अरु निकायप्रति सम्मान गर्ने संस्कारयुक्त बन्नु अनिवार्य छ । यसकालागि सुपठित हुनु पहिलो शर्त हो । अध्ययनले सत्यको खोज र तथ्यको पहिचान गर्ने क्षमता निर्माण गर्छ ।

त्यही क्षमताको आधारमा राष्ट्रको समृद्धिका जगहरु निर्माण हुन थाल्दछन् । समृद्धिको अर्थ केवल आर्थिक विकास मात्र होइन, ज्ञानको समृद्धि पनि हो । सभ्यताको समृद्धि पनि हो । अध्ययन कागजमा छापिएका अक्षरबाट मात्रै हुँदैन । जीवनका विविध आयामसँगको साक्षात्कारबाट पनि हुन्छ ।

समाज परिवर्तनका लागि ज्ञान हासिल गर्नु अनिवार्य छ । ज्ञानका लागि अध्ययन र पठन अपरिहार्य छ ।’ कार्यक्रमको अवसरमा राष्ट्रपति भण्डारीले साहित्यकार ध्रुवचन्द्र गौतमलाई ‘प्रेम साहित्य सम्मान’ अर्पण गरेकी थिइन् । त्यसैगरी किताव यात्रा बेष्ट सेलर पुरस्कारबाट पुस्तक ‘सत्यमोहन’ का लागि लेखक गिरिश गिरीलाई सम्मान गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?