नेपालमा कुन वर्ष कति रेमिट्यान्स भित्रियो ?

लोकपथ
78
Shares

काठमाडौं । नेपालमा पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीमा जानेहरुबाट ८४ दशमलव ६६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । वैदेशिक रोजगार विभागकाअनुसार यो रेमिट्यान्स वैधानिक बाटोबाट नेपाल भित्रिएको मात्र हो ।

बितेको १४ वर्षमा नेपालमा सबैभन्दाबढी रेमिट्यान्स गत आर्थिक वर्ष २०७८/७९ मा भित्रिएको छ । सो वर्ष ९ खर्ब ८६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको विभागले जनाएको छ ।

विभागका अनुसार विभिन्न देशबाट आर्थिक वर्ष २०६५/६६ मा २ खर्ब ९ अर्ब ७ करोड रुपैयाँ, २०६६/६७ मा २ खर्ब ३१ करोड ७ करोड रुपैयाँ, २०६७/६८ मा २ खर्ब ५३ अर्ब ६ करोड रुपैयाँ र २०६८/६९ मा ३ खर्ब ५९ अर्ब ६ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

यस्तै, आर्थिक वर्ष २०६९/७० मा ४ खर्ब ३४ अर्ब ६ करोड रुपैयाँ, २०७०/७१ मा ५ खर्ब ४३ अर्ब रुपैयाँ, २०७१/७२ मा ६ खर्ब १७ अर्ब रुपैयाँ, २०७२/७३ मा ६ खर्ब ६५ अर्ब रुपैयाँ, २०७३/७४ मा ६ खर्ब ९५ अर्ब रुपैयाँ र २०७४/७५ मा ७ खर्ब ५५ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको विभागले जनाएको छ ।

विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/७६ मा ८ खर्ब ७९ अर्ब ३ करोड रुपैयाँ, २०७६/७७ मा ८ खर्ब ७५ अर्ब रुपैयाँ, २०७७/७८ मा ९ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ र २०७८/७९ मा ९ खर्ब ८६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?