बारामा टाटा सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु

लोकपथ
169
Shares

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ मा हिजो टाटा सुमोले ठक्कर दिदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जितपुर–१६ पिलुवा घर भइ हुलास जस्ता उद्योगमा सुरक्षा गार्डको काम गर्ने ४० वर्षीय दिपक मैनाली रहेका छन् ।

काठमाडौंबाट कलैयया जादै गरेको ना १ ज ८८०६ नम्बरको टाटा सुमोले हिजो बेलुकी पौने ९ बजे उनलाई ठक्कर दिएको थियो ।

घाइते उनको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको र सुमो चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?