वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्रधानमन्त्री देउवाले गरे अवलोकन

लोकपथ
78
Shares

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरको अवलोकन गर्दै अस्पतालले दिने सेवा/सुविधाका बिषयमा जानकारी लिएका छन् ।

कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’मा कांग्रेस अभियानको समापनका लागि आज चितवन पुगेका देउवाले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबारे ब्रिफिङ लिएका हुन् ।

सोही अवसरमा प्रधानमन्त्री देउवाले पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १०९ औँ जन्मजयन्तीको अवसरमा उहाँको योगदानको स्मरण गर्दै शालिकमा माल्यार्पण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?