सहमतिमा सिट बाँडफाँटको टुंगो आजै लाग्छ : प्रचण्ड

लोकपथ
117
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आज सिट बाँडफाँटको टुंगो लाग्ने बताएका छन् । अपराह्न तीन बजेदेखि शीर्ष नेताहरुले छलफल गरेर सिट बाँडफाँटको टुंगो लगाइने उनले जानकारी दिए ।

उनका अनुसार नेताहरुको अरु तिर कार्यक्रम नभएको भए बुधवार सिट बाँटफाँट टुंगिने अवस्था बनिसकेको थियो तर, केही नेताहरुको बाहिर कार्यक्रम भएको बताउँदै आज सिट बाँडफाँटको टुंगो लाग्ने प्रचण्डको भनाइ छ ।

पोखरा विमानस्थलमा आज बिहान आयोजित पत्रकार भेटघाटमा प्रचण्डले चुनावी तालमेलमा आफूहरुले समझदारी बनाएर जाने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?