युनिलिभर र नबिलबीच च्यानल फाईनान्सिङको लागि सम्झौंता

लोकपथ
13
Shares

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आफ्ना वितकरकहरुको व्यावसायिक कर्जा सुरक्षा समाधानका योजनाहरु बिस्तार गर्दै नबिल बैंक लिमिटेडसँग च्यानल फाईनान्सिङ लागि सम्झौता गरेको छ । यही भदौ २० गते युनिलिभर नेपाल लिका तर्फबाट प्रबन्धक निर्देशक अमलान मुखरजी र नबिल बैंक लिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले नबिल बैंक लिका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एसएमई तथा लघुवित्तका प्रमुख निरज बस्नेत (डनिल) का साथै युनिलिभरका मुख्य वितरकहरुको उपस्थितिमा सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौता हस्ताक्षरसँगै आफूहरुले आफ्ना तीन जना प्रमुख वितरकहरुलाई च्यानल फाईनान्सिङ सुविधाका लागि सिफारिस पत्र पनि हस्तान्तरण गरेको युनिलिभरले भनेको छ । युनिलिभरसँग आबद्ध व्यवसायीहरुले च्यानल पार्टनरको रुपमा थप व्यवसाय विस्तार गर्न चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि आर्कषक ब्याजदर र धितो अनुपातमा नबिल बैंकका देशैभरि फैलिएका शाखा सञ्जालहरुबाट च्यानल फाईनान्सिङ कर्जा उपभोग गर्न पाउने छन् ।

च्यानल फाईनान्सिङका प्रमुख आर्कषण अन्तर्गत च्यालन प्रिन्सिपलले आफ्ना च्यालन पार्टनरहरुलाई सामान बिक्री गरेको बिल बराबरको पुरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुनेछ । साथै, व्यवसायीहरुको लागि व्यवसाय विस्तार गर्न अन्य एसएमई कर्जा पनि उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?