एभरेष्ट बैंकद्वारा आफ्नो भिषा डेबिट कार्डको स्वरुप परिवर्तन

लोकपथ
0
Shares

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो भिषा डेबिट कार्डलाई नयाँ स्वरुप दिएको छ । नयाँ स्वरुप भएको कार्ड कन्टयाक्टलेश भएको बैंकले जनाएको छ ।

बैंकले नयाँ कार्डको अनावरण गरे सँगै दराज सँग यो वर्ष सम्मको विभिन्न अभियानमा सहभागी भएर आफ्ना भिषा कार्ड प्रयोगकर्ताहरुलाई छुट दिने जनाएको छ । साथै बैंकको सो कार्ड मोको वालेटमा लिंक गरेर पनि कारोबार गर्न सकिन्छ ।

बैंकका उच्च पदस्थ अधिकारीको उपस्थितिमा सो नयाँ स्वरुपको कार्डको सुरुवात गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले आगामी दिनमा समेत आफ्ना कार्ड प्रयोगकर्ताहरुलाई विभिन्न सुविधा थपिँदै लगिने कुरा जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?