एनसीसी बैंक र मनकामना अस्पतालबीच सम्झौता

लोकपथ
0
Shares

काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त एनसीसी बैंकले आफ्ना ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित मनकामना अस्पताल प्रालिमा विशेष छुट दिने गरि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौता अनुसार बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले उक्त मनकामना अस्पताल प्रालिमा ओपीडी चेकअप एण्ड इन्भेष्टिगेसन (इन्डोस्कोपी, एक्स रे, युएसजी, प्याथोलोजी टेष्ट, जनरल वार्ड र क्याविन बेड चार्जमा १५ प्रतिशत र ओटी चार्ज, सिटी स्क्यान, आईसियु, एनआईसियु, नर्सरीमा १० प्रतिशतसम्म छुट प्राप्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?