निर्वाचन आयोगकाे कार्यतालिका : २३ गते उम्मेदवारी दर्ता, २६ गते चुनाव चिन्ह

लोकपथ
196
Shares

काठमाडाैं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले कार्य तालिका सार्वजनीक गरेको छ । आज (बिहीवार) एक विज्ञप्ति जारी गर्दै यस बारेमा निर्वाचन आयोगले जानकारी गराएको हो ।

कार्य तालिका अनुसार अब आयोगले असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्नेछ । असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिन पाइने छ भने असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गरीने छ ।

त्यस्तै असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने र असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवम् उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।

आयोगको विज्ञप्ति अनुसार निर्वाचनका यस सबै कार्यक्रमहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा संचालन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?